पार्टी कसैको पैतृक सम्पत्ति होइन : ओली

काठमाण्डु टुडे २०७१ असोज १४ गते १२:३५ मा प्रकाशित

काठमाण्डु, १४ असोज – एमाले अध्यक्ष केपी ओलीले पार्टीमा जोडघटाउमा लागेर भाग नखोज्न आग्रह गरेका छन् । पार्टी कुनै नेताको पैतृक सम्पती नभएकाले यसलाई भागवण्डामा चलाउनु आवश्यक नरहेको बताएका छन् ।

kp-1oliझापा क्षेत्र नम्बर ७ ले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा अभिनन्दन कार्यक्रममा अध्यक्ष ओलीले माधव नेपाल समूहलाई लक्षित गर्दै भाग खोजेर गुटबन्दीको स्थायी खेती गर्ने सपना नदेख्न चेतावनी दिए ।

ओलीले पार्टीका नेता कार्यकर्ताको बिगत र वर्तमानको मूल्यांकन गरेर उचित जिम्मेवारी दिइने भएकोले कसैले पनि कुनै पक्षमा लागे बापत त्रसित नहुन आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us