काठमाण्डु, १६ असोज– प्रहरी हिरासतमै अनसन बसेर बिरामी परेका सिके राउतले अनसन तोडेका छन् । १० दिनयता आमरण अनसन बसेका राउतले सरकार र नागरिक अगुवाहरुको आग्रहमा अनसन तोडेका हुन् । सरकारले अभिव्यक्ति स्वतन्त्रलाई सरकारले सम्मान गर्ने जनाएपछि राउत अनसन तोड्न तयार भएका हुन ।...
काठमाण्डु, १६ असोज– प्रधानमन्त्री सुशील कोइरालाले विदेशमा रहेका सबै नेपालीले राजदूत सरह नै नेपालमा लगानी भित्रयाउन भूमिका खेल्नुपर्ने बताएका छन् । राष्ट्रसंघीय महासभामा सहभागी भएर बेल्जियम पुगेका प्रधानमन्त्री कोइरालाले गैरआवासीय नेपाली संघ एनआरएन पदाधिकारी र त्यहाँ रहेका नेपाली समुदायलाई सम्बोधन गर्दै मुलुक विकासमा भूमिका...
काठमाण्डु, १६ असोज– हिन्दू नेपालीहरको महान चाड बडादसैंको आठौं दिन आज मुलुकभर दुर्गा भवानीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाइँदैछ । आजका दिन दसैंघर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । काठमाण्डु उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान,...
काठमाण्डु, १५ असोज उपप्रधान तथा स्थानीय विपकासमन्त्री प्रकाशमान सिंहले दसैँ बिदामा पनि दलहरुबीच सहमति प्रयास जारी रहने बताएका छन् । नेपाली कांग्रेस काठमाण्डु क्षेत्र नम्बर १ ले बुधबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री सिंहले तोकिएको समयभित्र संविधान बनाउन बिदाको समयमा पनि दलहरुबीच सहमति...
लमजुङ, १५ असोज लमजुडको भोटेओडारमा एकै परिवारका चारजनाको शंकास्पद मृत्यु भएको छ । भोटेओडार ४ पिप्लेमा बुधबार बिहानै चारजनाको शव भेटिएको हो । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय अर्जुन रेग्मी, उनकी धर्मछोरी ३५ वर्षीया रिना घिमिरे, १४ वर्षीया नातिनी ज्योती रेग्मी र १२ वर्षीय...
इन्चोक, १५ असोज– दक्षिण कोरियाको इन्चोनमा जारी एसियाडअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग आठ रनले पराजित भएको हो । टस जितेर बलिङ रोजेको नेपाललाई अफगानिस्तानले १२० रनको सामान्य लक्ष्य दिएको थियो । अफगानिस्तानले दिएको १...
गैँडाकोट, १५ असोज– चितवनस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ । पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका नवलपरासी गैँडाकोटका १९ वर्षीय लेखनाथ पौडेल र १५ वर्षीय विकास विक मंगलबार साँझ मृत फेला परेका हुन् । उनीहरुको शव डुबेकै...
काठमाण्डु, १५ असोज– संघीय समाजवादी पार्टीका स्थायी समिति सदस्य आङकाजी शेर्पा काठमाण्डुको भद्रकालीमा धर्नाामा बसेका छन् । धर्म निरपेक्ष राज्य कार्यान्वयनका लागि १५ बुँदे माग अघि सारेर आफूहरु धर्नामा बसेको शेर्पाले काठमाण्डु टुडेलाई बताए । धर्मनिरेपेक्ष घोषणा कार्यान्यवनका लागि आफ्नो नेतृत्वमा ‘धर्मनिरपेक्ष राज्य कार्यान्वयन...
लक्जेमबर्ग, १५ असोज– युरोप भ्रमणमा रहेका प्रधानमन्त्री सुशील कोइरालाले लक्जेमबर्गका प्रधानमन्त्री जाभियर वेटेलसँग भेटवार्ता गरेका छन् । लक्जमबर्गस्थित प्रधानमन्त्री कार्यालयमा मंगलबार भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालको संविधान निर्माण...
नुवाकोट, १५ असोज– नुवाकोटमा ब्राम्हण, क्षेत्री र दलितले एकै ठाउँमा दसैंको जमरा उमारेका छन् । बेलकोट गाविस–३ मा रहेको निरञ्जना भगवती मन्दिरमा ब्राहृमण, क्षेत्री, मिजार र विश्वकर्माले संयुक्त रूपमा जमरा राखेका हुन् । मन्दिरमा एक सय ६० परिवारले सामूहिक जमरा राखेका छन् । बेलकोटगढीमा...
काठमाण्डु, १५ असोज– आफ्नो ट्याक्सीमा भेटिएको पाँच लाख रुपैयाँ एक चालकले धनीलाई फिर्ता गरेका छन् । बा १ ज ११८५ नम्बरको ट्याक्सीका चालक दिनेश केसीले रकम फिर्ता गरेका हुन् । आफ्नो ट्याक्सीमा खसेको पैसा लुकाउनभन्दा धनीलाई बुझाउन हतार गरेर केसी बुझाउन सोझै ट्राफिक कार्यालय...
गोरखा, १५ असोज– पर्वतका अनिश थापा यस वर्षको लिगलिगे राजा भएका छन् । चेपेघाटदेखि लिगलिगसम्म निर्धारित १३ दशमलब २ किलोमिटर दौडेर उनी पाचौं लिललिगे राजा भएका हुन् । थापाले अहिलेसम्मकै कीर्तिमान भंग गर्दै ५६.४३ मिनेटमा १ सय ९ जना प्रतिस्पर्धीलाई उछिन्न सफल भए ।...