लमजुङ, १५ असोज लमजुडको भोटेओडारमा एकै परिवारका चारजनाको शंकास्पद मृत्यु भएको छ ।
भोटेओडार ४ पिप्लेमा बुधबार बिहानै चारजनाको शव भेटिएको हो ।
मृत्यु हुनेमा स्थानीय ६० वर्षीय अर्जुन रेग्मी, उनकी धर्मछोरी ३५ वर्षीया रिना घिमिरे, १४ वर्षीया नातिनी ज्योती रेग्मी र १२ वर्षीय नाति विकास रेग्मी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भोटेओडारले घटनाबारे छानबिन थालिएको जानकारी दिएको छ ।
प्रहरी निरिक्षक नारायण रञ्जितकारले घटनाको प्रकृति हेर्दा राति नै हत्या भएको हुनसक्ने बताएको छ । घरमा सुतेको कोही पनि बिहान अबेरसम्म नउठेपछि हेर्न गएका छिमेकीले शव देखेर प्रहरीमा खबर गरेका थिए ।