गोरखा, १५ असोज– पर्वतका अनिश थापा यस वर्षको लिगलिगे राजा भएका छन् ।
चेपेघाटदेखि लिगलिगसम्म निर्धारित १३ दशमलब २ किलोमिटर दौडेर उनी पाचौं लिललिगे राजा भएका हुन् । थापाले अहिलेसम्मकै कीर्तिमान भंग गर्दै ५६.४३ मिनेटमा १ सय ९ जना प्रतिस्पर्धीलाई उछिन्न सफल भए । थापालाई युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले श्रीपेच लगाएर राजा घोषणा गरे ।
श्रीपेचसँगै थापालाई ५० हजार नगद पुरस्कारसमेत प्रदान गरिएको लिगलिग विकास अभियानका अध्यक्ष अनिल थापाले जानकारी दिए । पाँच वर्षदेखि भारतीय सेनामा कार्यरत थापालाई स्थानीयले पञ्चैबाजाले स्वागत गरेर लिगलिग कोट घुमाएका थिए । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ५९.०२ मिनेटमा दौड पार गरेर दोस्रो भए । उनलाई २५ हजार २ सय नगद पुरस्कार पाए ।