
इन्चोक, १५ असोज– दक्षिण कोरियाको इन्चोनमा जारी एसियाडअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।
मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग आठ रनले पराजित भएको हो । टस जितेर बलिङ रोजेको नेपाललाई अफगानिस्तानले १२० रनको सामान्य लक्ष्य दिएको थियो ।
अफगानिस्तानले दिएको १ सय २० रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेटको क्षतिमा १ सय ११ रनमा समेटिएपछि एसियाडमा नेपालको अपराजित यात्रामा धक्का लाग्यो ।
नेपालले यसअघि कुवेतलाई ९ र माल्दिभ्सलाई ७ विकेटले हराएको थियो । जितसँगै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।