सिके राउतले तोडे अनसन

काठमाण्डु टुडे २०७१ असोज १६ गते २:४९ मा प्रकाशित

काठमाण्डु, १६ असोज– प्रहरी हिरासतमै अनसन बसेर बिरामी परेका सिके राउतले अनसन तोडेका छन् ।
१० दिनयता आमरण अनसन बसेका राउतले सरकार र नागरिक अगुवाहरुको आग्रहमा अनसन ck rautतोडेका हुन् । सरकारले अभिव्यक्ति स्वतन्त्रलाई सरकारले सम्मान गर्ने जनाएपछि राउत अनसन तोड्न तयार भएका हुन ।
तराईलाई नेपालबाट अलग गर्ने पृथकतावादी अभियान चलाएका कारण तीन साताअघि मोरङको रंगेलीबाट पक्राउ परेका राउत महानगरी प्रहरी परिसर हनुमानढोकाको हिरासतमा अनसन बसेका थिए । राउतलाई सरकार नेतृत्वकर्ता दल काँग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले जुस पिलाएर अनसन तोडाएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us