गैँडाकोट, १५ असोज– चितवनस्थित नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई किशोरको शव फेला परेको छ ।
पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका नवलपरासी गैँडाकोटका १९ वर्षीय लेखनाथ पौडेल र १५ वर्षीय विकास विक मंगलबार साँझ मृत फेला परेका हुन् । उनीहरुको शव डुबेकै स्थानमा पानीमाथि तैरिरहेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
शव पानीमा तैरिएको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
केही मिटरको फरकमा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । नदीमा पौडी खेल्ने क्रममा उनीहरु दुई दिनअघि डुबेर बेपत्ता भएका थिए ।