आज विजया दशमी, मान्यजनका हातबाट टिका लगाइँदै

काठमाण्डु टुडे २०७१ असोज १७ गते ५:२४ मा प्रकाशित

काठमाण्डु, १७ असोज- विजया दशमी आज मान्यजन तथा आफन्तबाट टिका जमरा लगाई हर्षोल्लासका साथ मनाईदैछ ।
tikaअसत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा विजया दशमीमा मान्यजन तथा आफन्तबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने प्रचलन छ । टिकाको उत्तम साइत बिहान सवा १० बजे भए पनि दिनभर टिका लगाउन हुने नेपाल पञ्चांग निर्णयक समितिले जनाएको छ । दशैघरमा प्रतिपदाको दिनदेखि गरिएको पुजा आरधाना विधिपूर्वक आज विसर्जन गरिन्छ ।

नवदुर्गा भवानीको प्रतिक पूर्ण घडाको जलबाट अभिशेक गरी घरघरमा टिका र जमरा लगाइन्छ । आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, हजुरबुबा, हजुरमाआ, गुरु पुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टिका जमरा तथा प्रसाद थापी सौभाग्य र समृद्धिको आशिर्वाद लिने गरिन्छ । आज टिका पछि वर्षमा एकपटक धर्ती छाड्नु पर्छ भन्ने धार्मिक मान्यता अनुरुप पिङ खेल्ने चलन छ ।
आज टिका तथा जमरा ग्रहण गर्न जानेको विशेष चहल पहल हुने गर्छ । यसैबीच वियजया दशमीको टिकाको दिन राष्ट्रपति रामबरण यादवले सर्बसाधारणलाई टिका लगाइदिने भएका छन् ।
दिउसो १ बजेदेखि ५ बजेसम्म टिकाका लागि शीतल निवासको ढोका खुल्ला राख्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us