दुईवटा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज १८ गते ५:५४ मा प्रकाशित

दाङ, १८ असोज- दाङको सौडीकुलामा शनिबार भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रोल…
बा २४ प ७२८० र भे ४प ५३८१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दाखाक्वाडी–७ प्यूठान घर भइ तुलसीपुर गुल्ममा कार्यरत प्रहरी जवान तिलकबहादुर खड्का र बिजौरी निवासी देवराज योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । शुक्रबार दिउँसो साढे ३ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा राप्ती उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरुमा प्रहरी गुल्म तुलसीपुरमा कार्यरत प्रहरी जवान  लिबाङ ८ रोल्पाका दीलीप पुन र रेशम बस्नेत तथा पक्नाथ ९, दैलेखका मृतक देबराजका ५ बर्षको छोरा छन् । उनीहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी खिनुप्रसाद आचार्यले जाकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us