स्यालको टोकाइबाट पाँचजना घाइते

काठमाण्डु टुडे २०७१ असोज १६ गते ३:३७ मा प्रकाशित

बाजुरा, १६- असोज बाजुराको काडा गाविसमा स्यालको टोकाइबाट ५ जना घाइते भएका छन ।
काडा गाविस-५ का ५५ वर्षीया काडा पदमराज जैशी, काडा- ९ का बने बुढा, दल नेपाली, लोखी नेपाली र उनका ८ महिनाका छोरालाई स्यालले टोकेको हो ।
घाइतेको काडा उपस्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयालपाटा अस्पतालमा रिफर गरिएको छ । स्यालले केहीलाई बाटोमा हिडदै गरेको अवस्थामा र केहीलाई घरमै आएर टोकेको थियो । गाउँमा स्याल आतंक मच्चिएपछि गाउँले त्रसित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us