आज पनि दसैंको टीका लगाइँदै

काठमाण्डु टुडे २०७१ असोज १८ गते ५:४९ मा प्रकाशित

tikaकाठमाण्डु, १८ असोज बडादशैंअन्तर्गत टिकाको दोश्रो दिन आज पनि हिन्दू नेपालीहरुले मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ ।
दशमीको दिन मान्यजनबाट टिका लगाउन नभ्याउनेले आज एकादशीका दिन टीका लगाउने चलन छ ।
। विशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले आज पनि टिका लगाउने गरिएको हो ।
प्रतिपदाबाट सुरु गरिएको पूजा आराधना दशमीको दिन नै बिसर्जन गरिए पनि कोजाग्रत पूर्णिमासम्म टिका ग्रहण गर्ने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भवगतीको स्तोत्रपाठ समेत गर्ने चलन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us