एकै दिन चारजनाद्वारा आत्महत्या

काठमाण्डु टुडे २०७१ असोज १८ गते १०:०४ मा प्रकाशित

विराटनगर, १८ असोज- मोरङ जिल्लामा एकै दिन दुई महिलासहित चार जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार मधुमल्ला गाविस–३ बस्ने ५४ वर्षीया छायादेवी विकले शुक्रबार साँझ ६ बजे आफ्नै घरमा झुण्डी आत्महत्या गरेकी छिन् ।

यस्तै, राजघाट–२ बस्ने १७ वर्षीया सजु पाण्डेले आफ्नै घरमा शुक्रबार बेलुकी ८ ३० बजे झुण्डी आत्महत्या गरेकी छिन् ।

उपमहानगरपालिका–१३ स्थित ममः पसलमा काम गर्ने ओखलढुङ्गा जिल्ला मोली–५ बस्ने २२ वर्षीय विजय विकले प्लास्टिकको डोरी लगाई झुण्डी आत्महत्या गरेका छन् ।

मोरङ सिसवनीजहदा–७ बस्ने २५ वर्षीय सुरज मण्डलले शुक्रबार बेलुकी ६ बजे मुसा मार्ने विषादी सेवन गरेको र उनको  उपचारको क्रममा कोसी अञ्चल अस्पतालमा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us