दसैंका दिन लखेटी लखेटी भाइले गरे दाजुको हत्या

काठमाण्डु टुडे २०७१ असोज १८ गते ५:४२ मा प्रकाशित

म्याग्दी, १८ असोज-  म्याग्दीको पिप्ले- ९ मौवाफाँटमा भाइले आफ्नै दाजुको हत्या गरेका छन् ।

आपसी भनाभनका क्रममा १८ वर्षीय भाइ शुरेस खोरजाले धारिलो हतियार प्रहार गरी २० वर्षीया दाजु कुमारको शुक्रबार राति हत्या गरेका हुन् ।

बेनीको हाँडेभिरमा आफन्तकोमा टिका लगाई घर फर्कने क्रममा पिप्लेमा रक्सी खाएको र ससुराली घरमा समयमा नपुगेपछि कुमारका ससुराले सुरेशलाई गाली गर्दा आपसमा विवाद सुरु भएको प्रहरीले जनाएको छ  सुरेशले दाजुलाई लखेटेर धान बारीमा धारिलो हतियार प्रहार गर्दा कुमारको घटनास्थलमै ज्यान गएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
घटनास्थल सदरमुकाम बेनीदेखि २ घण्टाको पैदल दूरीमा पर्छ  । घटनाबारे थापा पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगे पनि हत्या आरोपी भागेको म्याग्दी प्रहरी प्रमुख नायब उपरीक्षक जनार्दन जिसीले बताए ।

उनले सुरेको खोजी भइरहेको जनाए । मृतकका शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बेनी ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us