काठमाण्डु, १९ असोज- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको महान् चाड वकर इद (इदुल अज्हा) का अवसरमा शुभकामना सन्देश
दिएका छन् ।
उनले प्रेम र सद्भाव आदान–प्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र सम्वृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
मुस्लिमलगायत नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत वर्ग र समुदायको पक्षमा आफ्नो पार्टीले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले मुस्लिम समुदायको अधिकार र पहिचानका लागि विगतमा पार्टीले गरेको संघर्षको स्मरण गर्दा आफूहरु गौरवान्वित हुने बताएका छन् ।
प्रचण्डले नेपालका अल्पसंख्यक र सीमान्तकृत वर्गको पहिचान र अधिकार संस्थागत गर्न निकट भविष्यमा हुन गइरहेको संविधान निर्माणको कार्यलाई सफल बनाउन, अग्रगामी परिवर्तनसहित सबैको अधिकार सुनिश्चित हुने संविधान निर्माणका लागि पहलकदमी लिन सम्पूर्ण समुदायमा हार्दिक अपिल गरेका छन् ।