कोदालोले हानेर भाइको हत्या

काठमाण्डु टुडे २०७१ असोज १९ गते १३:०९ मा प्रकाशित

अर्घाखाँची, १९ असोज- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० किमडाँडा खालमा आफ्नै दाजुले भाइको हत्या गरेका छन् ।

किमडाँडाको खाल निवासी रामबहादुर रानाले सामान्य आपसी विवादमा आइतबार बिहान ५ बजे घरमै कोदालोले हानेर १७ वर्षीय भाइ खिमबहादुर रानाको हत्या गरेका हुन् ।

कोदालोले हानेर भाइको घटनास्थलमै मृत्यु भएपछि दाजु फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us