दसैंको भोज खाँदा एकको मृत्यु, १४ बिरामी

काठमाण्डु टुडे २०७१ असोज १९ गते १३:१५ मा प्रकाशित

चौतारा, १९ असोज–  विजया दशमीेको बेलुका छिमेकीसहित परिवारजनसँग बसेर भोज खाएर बिरामी परेका सिन्धुपाल्चोकमा एकको मृत्यु भएको छ भने अन्य १४ जना सख्त बिरामी परेका छन् ।
बिरामी सबैको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि काभ्रेको धुलिखेल अस्पताल तथा राजधानी लगिएको छ । मृत्यु हुनेमा चौतारा नगरपालिका–९ सानुसिरुबारीका ५५ वर्षीय हरिबहादुर थापामगर रहेका छन् ।

उनको चौतारा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि राजधानी लैजाँदै गर्दा आइतबार बिहान बाटैमा मृत्यु भएको मृतकका भतिजा राजेन्द्र थापामगरले बताए ।
भोज खानेबित्तिकै कतिपयले बान्ता गरेकाले खानामा विषादी परेको आशङ्का गरिएको छ । सदरमुकाम नजिकैको स्थान भए पनि समयमै उपचारमा ध्यान नदिइ लापर्बाही गरेकाले घटना भएको छिमेकीहरूले बताएका छन् ।

बिरामी पर्नेमा मृतकका चारजना परिवार उहाँका दुई भाइका दुई÷दुई परिवार तथा छिमेकीसहित १४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us