दुर्घटनामा एकै गाउँका १९ को मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २१ गते ८:५५ मा प्रकाशित

डोटी, २१ असोज- डोटीको छतिवन गाविस ५ कट्कटेमा सोमबार भएको बस दुर्घटनामा एउटै गाउँका १९ जनाको मृत्यु भएको छ ।
जिल्लाको जोरायलबाट कैलालीको धनगढीका लागि छुटेको ना ३ ख ५७०७ नम्बरको बस सोमबार साँझ दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेमध्ये सरस्वती नगरका मात्र १९ जना रहेको डोटी प्रहरीले जनाएको छ । गाउँका १९ जनाको मृत्यु भएपछि सरस्वतीनगर शोकमा डुबेको छ ।

दुर्घटनामा सरस्वती नगर १ का शकुन्तला मल्ल, वडा नम्बर २ का भागरथी ओझा, हरिना ओझा, वसन्ती ओझा, कर्णबहादुर शाही, राजेन्द्र शाही, चक्रबहादुर विक, रोहित बोहरा वडा नम्बर ३ का शान्ति मल्ल, बडा नम्बर ४ का दानबहादुर साउद, वडा नम्बर ५ का रेवन्तदीप कडायत, पद्मा जोशी र वडा नम्बर ६ का भुमिराज भण्डारी र कृष्णराज भण्डारीको ज्यान गएको हो ।

यस्तै सरस्वती नगर ८ का सैनिक जवान नवराज भट्ट, जानकी भट्ट, टेकराज भट्ट, उनकी पत्नी पशुपति भट्ट र वडा नम्बर ९ का हरि कठायत लगायतको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us