काँग्रेस पूरानै अडानमा, एमाले ढुलमुले, एमाओवादी लचकः श्रेष्ठ

काठमाण्डु टुडे २०७१ असोज २१ गते ९:२३ मा प्रकाशित

narayan kajiकाठमाण्डु, २१ असोज- एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेका कारण संविधान निर्माण प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले संविधानका विवादमा सहमति जुटाउन एमाले बाधक बनेको बताएका हुन् । यद्यपि, आफ्नो पार्टी संविधान निर्माणमा लचिलो बनेको उनको भनाइ छ ।

पार्टीहरुका बीचमा संविधानको अन्तरवस्तुमा अहिलेसम्म पनि सहमति कायम हुन सकेन । नेपाली जनताका लागि यो ज्यादै पीडा र चिन्ताको विषय हो । तर, पनि थप गम्भीर प्रयत्न अघि बढाई सहमतिद्वारा जनताको बलिदानद्वारा प्राप्त उपलब्धीहरु संस्थागत गर्ने गरी नयाँ संविधान निर्माण गरी छाड्नुको अर्को विकल्प छैन, श्रेष्ठले भनेका छन्  ।

त्यसका लागि पार्टीहरु सबै आआफ्ना अडानहरुमा टिकिरहनुको सट्टा सम्झौताको सहमतिका निम्ति तयार हुनुपर्ने उनले उल्लेख गरेका छन् । श्रेष्ठले सरकारमा सहभागी दलहरु संविधान निर्माणमा गम्भीर नरहेको आरोप लगाएका छन् ।

काँग्रेस संघीयता र शासकीय स्वरुपमा पूरानै अडानमा कायम रहेको र एमाले निर्वाचनका बेला आफैंले प्रतिबद्धता जनाएको बहुपहिचानलाई समेत छाडेको शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पहिलेको मान्यतामा ढुल्मुलिन थालेको उनले उल्लेख गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us