कुलोले बगाउँदा दाङमा एक बालकको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २० गते ८:१९ मा प्रकाशित

दाङ, २० असोज कुलोले बगाउँदा दाङमा आज बिहान एक बालकको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर नगरपालिका–८ दुधेना निवासी अशोक चौधरीका अढाइ वर्षीय छोरा कृष्ण चौधरीको मृत्यु भएको हो ।
बिहान करिब ६ बजेतिर घरबाट हराएका बालक चौधरीको शव अहिले सोही वडामा रहेको टिकरी खोलामा बगेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us