विदुर, २१ असोज- प्रहरीले नुवाकोटको विदुरबाट ८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विदुर नगरपालिकाका कर्मचारी दामोदर नेपालले सञ्चालन गरेको होटलमा जुवा खेलिरहेका
उनीहरुलाई मंगलबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा तीन महिला र ५ पुरुष छन् । जुवाडेको साथबाट ५१ हजार नगदसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका निरीक्षक प्रकाश आचार्यले जानकारी दिए । उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ ।