पति विदेशमा, श्रीमतीको अर्कैसँग मस्ती

काठमाण्डु टुडे २०७१ असोज २१ गते ९:२९ मा प्रकाशित

महोत्तरी, २१ असोज- महोत्तरीको श्रीपुर गाविस-१ स्थित एक घरमा अश्लील क्रियाकलाप गर्दै गरेका दुई महिलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा श्रीपुर-१ का घरधनी २७ वर्षीया गुलाबिया देवी-२ बस्ने ३० वर्षीया चन्द्रिकादेवी दास, ८ का ३० वर्षीय छोटु नदाफ, सम्सी-८ का २७ वर्षीय शङ्कर कापर र ९ का २४ वर्षीय भोला राम रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
गुलाबिया देवीले आफ्नै घरमा अश्लील क्रियाकलाप गर्दै गराउँदै गरेको जानकारीका आधारमा प्रहरी चौकी कठुधारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रङ्गेहात पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताए । उनका पति वैदेशिक रोजगारीमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us