आज कोगाज्रत पूर्णिमा, दसैं सकिंदै

काठमाण्डु टुडे २०७१ असोज २१ गते ५:४७ मा प्रकाशित

काठमाण्डु, २१ असोज आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको Happy-dashainपूजाआराधना  गरेसँगै सकिंदैछ ।
आजको दिन राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी  ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ। दसैं र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आजको दिन ३१ घडी ५० पला चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्ने भएकाले मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आज बेलुकी छ बजेर ४४ मिनेटदेखि बुधबार दिउँसो ४ बजेर ४२ मिनेटसम्म पूर्णिमा तिथि भएकाले पूर्णिमा व्रतमात्र गर्नेले असोज २२ गते बुधबार पूर्णिमा व्रत बस्नुपर्ने पनि समितिले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us