असल व्यवहार भएका दुई कैदीको कैद मिनहा

काठमाण्डु टुडे २०७१ असोज २० गते ८:१६ मा प्रकाशित

म्याग्दी, २० असोज- असल चालचलन भएका र आधा कैद भुक्तान गरिसकेका म्याग्दी कारागारका दुई कैदीबन्दीको बाँकी कैद मिनाहा गरिएको छ ।

कारागार व्यवस्थापन विभागको निर्देशनअनुसार दसैँको अवसरमा उनीहरूलाई आइतबार कैद मिनाहा गर्दै मुक्त गरिएको हो ।

कुटपिट तथा अङ्गभङ्गसम्बन्धी मुद्दामा कैद सजाय भोगिरहेका ज्यामरुककोटका डिलबहादुर सार्की र ज्यान मार्ने उद्योगमा सजाय भोगिरहेका राखु पिप्ले–७ का यामबहादुर भण्डारीको बाँकी कैद मिनाहा गरी कारागारबाट मुक्त गरिएको जेलर खगराज शर्माले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us