समाचार

केन्द्रीकृत सत्ता लाद्ने सिंहदरबार भत्काउनुपर्छ : कुमार लिङदेन

२०७१ असोज ३१ गते १०:४३

काठमाण्डु, ३१ असोज – संघीय लिम्बुवान पार्टी अध्यक्ष कुमार लिङदेनले जनताको करमात्र असुलेर बस्ने सिंहदरबार भत्काउनुपर्ने बताएका छन् । २२ दलीय मोर्चाले काठमाण्डुको खुलामञ्चमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै लिङदेनले ताप्लेजुङका जनतालाई वेवास्ता गर्ने र अलैचीको कर उठाएर केन्द्रीकृत सत्ता लाद्ने सिंहदरबार भत्काएर सबै...

तीन दलको बैठक आज पनि निष्कर्षविहिन

२०७१ असोज ३१ गते १०:१३

काठमाण्डु, ३१ असोज – संविधानका विवादित विषयमा सहपति जुटाउन बसेको प्रमुख तीन दलको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । तीन दलका शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो ।...

गंगामायाको जीवन रक्षा गर्न सरकारलाई आग्रह

२०७१ असोज ३१ गते ९:४८

काठमाण्डु , ३१ असोज – माओवादी पिडित संघले आमरण अनसनरत गंगामाया अधिकारीका माग पुरा गर्न सरकारसंग आग्रह गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले सरकारको उदासिनताको कारण न्यायको लागि निरन्तर लडाईमा रहेका नन्दप्रसाद अधिकारीले ज्यान गुमाउनु परेको उल्लेख गर्दै फेरि...

भारतबाट २१ नेपाली बालश्रमिकको उद्धार

२०७१ असोज ३१ गते ९:४३

रौतहट, ३१ असोज – भारतबाट २१ नेपाली बालकलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । भारतीय सहर बैंग्लोरेको डिजेअली भन्ने स्थानमा रहेको ब्याग बनाउने कारखाना र मुम्बइका विभिन्न कारखानाहरुमा जोखिमपूर्ण काम गरिरहेका १० देखि १५ वर्ष उमेरका २१ जना बालबालिकालाई जिल्ला प्रहरी कार्यालयमा अभिभावकको...

सानातिना विवादमा सरकार परिवर्तन नहुने : भण्डारी

२०७१ असोज ३१ गते ९:३५

विराटनगर, ३१ असोज – एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताएकी छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार संयुक्त सरकार भएकाले सानातिना विवाद आउँदैमा सरकार परिवर्तन नहुने दाबी गरेकी हुन्। नेत्री भण्डारीले सङ्घीयता, शासकीय स्वरुप...

तिहारमा राति ७ बजेपछि देउसी खेल्न नपाइने

२०७१ असोज ३१ गते ९:१५

काठमाण्डु, ३१ असोज – तिहारमा राति ७ बजेपछि देउसी भैलो खेल्न नपाइने सूचना गृहमन्त्रालयले जारी गरेको छ । गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी राति ७ बजेपछि देउसी भैलोसहितका सांस्कृतिक कार्यक्रम गर्न रोक लगाएको छ । यस्ता कार्यक्रम रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न...

पेट्रोलियम पदार्थको मूल्य घटेपनि सरकारले भाडा बढाउने

२०७१ असोज ३१ गते ८:१७

काठमाण्डु, ३१ असोज – सरकारले आउँदो कार्तिक १५ बाट सार्वजनिक सवारी साधनको भाडा बढाउने भएको छ । सार्वजनिक यातायातमा करिब ६ प्रतिशत भाडा बढाउने यातायात व्यवसायी र सरकारी निकायबीच भएको सम्झौता अनुसार बढाउन लागेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लामो...

मानवअधिकार आयोग पदाधिकारीको नाम अनुमोदित

२०७१ असोज ३१ गते ७:०४

काठमाण्डु, ३१ असोज – राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीको नाम व्यवस्थापिका संसदको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ । शुक्रबार बिहान बसेको समिति बैठकले आयोगमा नियुक्तिका लागि सिफारिस पाँचैजना विरुद्ध परेका उजुरीहरुमा सफाइ दिएको छ । यसअघि संवैधानिक परिषदले आयोगको अध्यक्षमा अनुपराज शर्मा तथा...

चिनियाँ पदयात्रीको मृत्यु

२०७१ असोज ३१ गते ६:४३

पोखरा, ३१ असोज – अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने घान्द्रुकमा एक चिनियाँ पर्यटकको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प पुगेर फर्केपछि घान्द्रुकको भुराज भन्ने ठाउँमा बास बस्नेक्रममा बिहीबार राति उनको मृत्यु भएको पदयात्राबाट फर्केका बुद्धिमान तामाङले जानकारी दिए । मृतकको नाम खुलेको छैन । अन्नपूर्ण...

मलेसियामा गर्भपतन गराउँदा नेपाली चेलीले पाइन् १० वर्ष कैद सजायँ

२०७१ असोज ३१ गते ६:०५

काठमाण्डु, ३१ असोज – मलेसियाको अदालतले एक नेपाली महिलालाई गर्भपतन गराएको अभियोगमा कैद सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भपतन गराउँदा अदालतले १० बर्ष कैदको सजायँ सुनाएकोहो । तामान सिकुस्थित एक पोलक्लिनिकमा गर्भको बच्चा मारेको अभियोगमा २४...

४३ किलो गाँजासहित दुई पक्राउ

२०७१ असोज ३१ गते ४:५३

सिरहा, ३१ असोज– सिरहाको जमदहबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले जमदह– ३स्थित गागन नदीबाट उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा लालपुर–७ का बुद्ध यादव र उदयपुर रिस्कु–२ का नरबहादुर राई छन् । दुई बोरा गाँजा...

राति घरमा सुतेकी महिला बलात्कार गर्न खोज्ने पक्राउ

२०७१ असोज ३१ गते ४:४४

काभ्रे, ३१ असोज– घरमा सुतिरहेकी महिलालाई जबरजस्ती बलात्कार गर्न खोजेको आरोपमा काभ्रे प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय नारायणप्रकाश श्रेष्ठ छन् । उनीमाथि बनेपा नगरपालिका–११ बुडोलस्थित घरमा सुतिरहेकी महिलालाई जबर्जस्ती गर्न खोजेको आरोप लागेको छ । मध्य रातमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us