पेट्रोलियम पदार्थको मूल्य घटेपनि सरकारले भाडा बढाउने

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ८:१७ मा प्रकाशित

काठमाण्डु, ३१ असोज – सरकारले आउँदो कार्तिक १५ बाट सार्वजनिक सवारी साधनको भाडा बढाउने भएको छ ।

सार्वजनिक यातायातमा करिब ६ प्रतिशत भाडा बढाउने यातायात व्यवसायी र सरकारी निकायबीच भएको सम्झौता अनुसार बढाउन लागेको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार लामो दूरीका यात्रुवाहक बसमा ५ दसमलव ६३ प्रतिशत, मालवाहक सवारी पहाडी रुटमा ५ दसमलव २७ प्रतिशत र तराईको गन्तव्यमा ५ दसमलव २१ प्रतिशत बढ्दै छ ।

यस्तै सहरी क्षेत्रमा चल्ने सार्वजनिक सवारीमा प्रति ४ किलोमिटरमा १ रुपैयाँको औसतमा बढ्छ ।

ट्याक्सी भाडा चाहिँ १ किलोमिटरमा ६ रुपैयाँ ५८ पैसा बढ्ने छ । ‘करिब डेढ वर्षदेखि भाडा वृद्धि नभएकाले यातायात व्यवसायीको दबाव थियो,’ महानिर्देशक दाहालले भने, ‘तैपनि हामीले चाडपर्वमा यात्रुमाथि थप व्ययभार नपरोस भनेर छठपछि बढाउन मनाएका हौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us