काठमाण्डु, १ कात्तिक- एमाले नेता माधवकुमार नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपालीले योग सिकाउनुपर्ने बताएका छन् । काठमाण्डुमा जारी योग विज्ञान शिविरमा बोल्दै नेता नेपालले ओबामाले रुची राखेकाले उनलाई योग सिकाउनुपर्ने बताएका हुन् । उनले योगको महत्वबारे संसारभर सिकाउनुपर्ने उल्लेख गरे । ‘योगको महत्वबारे...
दुनै, १ कात्तिक– डोल्पामा हिमपातमा फसेका दुई जनालाई सुरक्षाकर्मीले शनिबार सकुशल उद्धार गरेका छन् । सिम्रिक एयरको हेलिकप्टरले डोल्पाको तेन्जोबाट एक स्वीस र एक नेपालीको उद्धार गरेको हो । हेलिकोप्टरमार्फत उनीहरुलाई जोमसोम विमानस्थल पुर्याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । यसैबीच थोराङ्गलापास क्षेत्रमा...
काठमाण्डु, १ कात्तिक– एमालेले दसैँ, तिहार र छठ पर्वको अवसर पारेर शनिबार चियापान कार्यक्रम गरेको छ । मुख्यालय बल्खुमा मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म जारी चियापनमा प्रधानमन्त्रीसहित सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी,...
सुनसरी, १ कात्तिक– खाना पकाउने एलपी ग्यासको अभाव झेल्दै आएका पूर्वका सर्वसाधारणले तिहार र छठ पर्वका बेला पनि ग्यास नपाउने भएका छन् । नेपाल आयल निगमले मागअनुसार आपूर्ति गर्न नसक्दा पूर्वमा खाना पकाउने ग्यास अभाव भएको हो । झापा, मोरङ, सुनसरीका सर्वसाधारणले दुई सातादेखि...
काठमाण्डु, १ कात्तिक– अवैध हतियार र लागुऔषध अभियोगमा पक्राउ परेका सुजन पौडेल (रमेश बाहुन) लाई जिल्ला अदालत, काठमाण्डुले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । लगत्तै डिल्लीबजार कारागार चलान गरिएका उनी त्यहाँ दुई महिना पनि टिक्न सकेनन् । भदौयता बाहुन केन्द्रीय कारागार गोलघरमा छन्...
काठमाण्डु, १ कात्तिक– सरकारले आगामी कात्तिक १५ गतेबाट लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालका अनुसार भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायी बीच भदौ १५ मै भाडा बढाउने सहमति भए पनि चाडपर्वका कारण...
गुल्मी, १ कात्तिक– दुर्गम गाउँ दर्लिङ– ५ की धनी विश्वकर्माका छोराको उमेर १५ पुग्यो । १६ वर्ष पुगेपछि नेपाली नागरिकता बनाउने कानुनी व्यवस्था भए पनि अहिलेसम्म उनका बाबुको पहिचान हुन सकेको छैन । सुरुमा धनीले नै धेरैलाई छोराको बाबु दाबी गरेपछि स्थानीयले समेत पहिचान...
काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्रीसहित २३ मन्त्रीले जिल्ला भ्रमणमा राज्यकोषबाट ६८ लाख रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् गठन भएको पाँच महिनामा यो रकम खर्च भएको हो । मन्त्रीहरुले जिल्ला भ्रमणमा जाँदा हवाइटिकट, दैनिक भ्रमण भत्ता र होटलबासमा खर्च गरेका हुन्...
काठमाण्डु, ३१ असोज– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ कांग्रेस– एमाले सहमतिविरुद्ध गए अर्को जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको चेतावनी दिएका छन् । २२ दलीय गठवन्धनले शुक्रबार राजधानीको खुलामञ्चमा गरेको सभालाई सम्बोधन गर्दै उनले विगतमा गरिएका सहमतिप्रति इमान्दार हुन काँग्रेस–एमालेलाई आग्रह गरे...
काठमाण्डु, ३१ असोज – मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारले २२ दलीय मोर्चालाई अपवित्र गठबन्धन भनेको भन्दै कांग्रेस- एमालेको आलोचना गरेका छन् । २२ दलीय मोर्चाले शुक्रबार खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष गच्छदारले दुनियाँमा पहिलो र दोस्रो पार्टीको गठबन्धन बनेको छैन ।...
काठमाण्डु, ३१ असोज – अमेरिका र अष्ट्रेलिया पठाइदिन्छु भन्दै प्रति व्यक्ति ५ लाखदेखि ४० लाखसम्म उठाएर ठग्ने एक व्यक्ति पक्राउ परेका छन् । नुवाकोट मदानपुर- २ घर भई मनमैजु ५ बस्ने श्यामराज पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।...
काठमाण्डु, ३१ असोज – संघीय समाजवादी पार्टी अध्यक्ष अशोक राईले अब हुने आन्दोलनले एमाले – कांग्रेस नसच्चिए जनताले कठालोमा समातेर पछार्ने बताएका छन् । खुल्लामञ्चमा आयोजित २२ दलको विरोधसभामा नेता राईले भने – ‘००७ सालको क्रान्तिले राणाहरुलाई पछार्योग, ०४६ सालको आन्दोलनले पञ्चायतलाई पछार्योन, ०६२र०६३...