हिमपातमा फसेका थप दुईको उद्धार

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ५:०१ मा प्रकाशित

दुनै, १ कात्तिक– डोल्पामा हिमपातमा फसेका दुई जनालाई सुरक्षाकर्मीले शनिबार सकुशल उद्धार गरेका छन् ।
सिम्रिक एयरको हेलिकप्टरले डोल्पाको तेन्जोबाट एक स्वीस र एक नेपालीको उद्धार गरेको हो । हेलिकोप्टरमार्फत उनीहरुलाई जोमसोम विमानस्थल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यसैबीच थोराङ्गलापास क्षेत्रमा भारी हिमपातमा बेपत्ताहरुको खोजी कार्य आज पनि जारी छ । उक्त क्षेत्रमा सैनिक हेलिकप्टरले बिहानैदेखि खोजीकार्य सुरु गरेको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण पदमार्गमा सोमबारदेखि परेको भारी हिमपातमा पुरिएर हालसम्म स्वदेशी र विदेशी गरी २९ जनाको शव फेला परिसेकको छ । अरु सयौं हराइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us