ओबामालाई योग सिकाउनुपर्छ: नेपाल

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ५:२१ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक- एमाले नेता माधवकुमार नेपालले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई नेपालीले योग सिकाउनुपर्ने बताएका छन् ।
Madhav-Kumar-nepalकाठमाण्डुमा जारी योग विज्ञान शिविरमा बोल्दै नेता नेपालले ओबामाले रुची राखेकाले उनलाई योग सिकाउनुपर्ने बताएका हुन् ।

उनले योगको महत्वबारे संसारभर सिकाउनुपर्ने उल्लेख गरे । ‘योगको महत्वबारे संसारभर नेपालीले सिकाउनुपर्छ’, नेपालले भने, ‘ ओबामाले पनि योगमा रुची राखेका छन्, यस्तै योग अमेरिकामा पनि सञ्चालन गर्नुपर्छ ।’

योगले मानिसको रोग निको हुने तथा दीर्घायु र स्वस्थ जीवन प्राप्त गर्ने उनले उल्लेख गरे । उनले आफूसँग भएको भेटका क्रममा ओबामाले निकै महत्व दिएको सुनाए ।

आफूलाई ओबामाले दिएको महत्वबारे पाकिस्तानी राष्ट्रपति, बंगलादेशी प्रधानमन्त्री र फिनल्याण्डका राष्ट्रपति चकित भएको उल्लेख गरे । उनले ओबामालाई आफूले कालो पत्थर उपहार दिएको बताए । उनले ओबामाले दिमाग तेजिलो रहेको उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us