समाचार

प्रंमुख तीन दल आवासीय बैठकको तयारीमा

२०७१ कार्तिक २ गते ३:१३

काठमाण्डु, २ कात्तिक– निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न नसकेका प्रमुख तीन दलले संविधानका विवादित विषयमा सहमति खोज्न आवासीय बैठकको तयारी गरेका छन् । आगामी मंगलबार र बिहीबार निर्णायक छलफल हुने नेताहरुले बताएका छन् ।  राज्य पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीलगायत...

गंगामायाले तोडिन् अनसन

२०७१ कार्तिक २ गते ३:०९

काठमाण्डु, २ कात्तिक– छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाही माग गर्दै अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि उनले शनिबार राति ९ बजेर २० मिनेटमा अनसन तोडेकी हुन् । कानुनमन्त्री नरहरि आर्चाय वीर अस्पताल पुगेर गंगामायालाई जुस...

प्रचण्डलाई कसले पार्‍यो र्‍याखर्‍याख्ती ?

२०७१ कार्तिक २ गते ३:००

काठमाण्डु, २ कात्तिक– संविधान लेखनमा सहमति जुटाउन प्रयास भइरहेका बेला ‘विद्रोह गर्ने’ भन्नेग एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चेतावनीको कांग्रेस–एमालेले प्रतिवाद गरेका छन् । संविधानका विवादित विषयमा छलफल गर्न शनिबार बसेको तीन दल बैठकमा कांग्रेस–एमालेका नेताले प्रचण्डलाई पारेका थिए ।  संसद् सचिवालयमा भएको...

तपाईं फेसबुक चलाउनु हुन्छ ? होसियार !

२०७१ कार्तिक २ गते २:४१

काठमाण्डु, २ कात्तिक– याहु’ ‘म घरमा आज एक्लै छु। बुबा– ममी सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो ।’ केही दिनअघि राजधानीको एक उच्च माविमा अध्ययनरत एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो ‘स्टाटस’ लेखिन् । ती किशोरीलाई ‘फलो’ गरिरहेका केही केटाहरू मौकाको फाइदा उठाउन...

बहुलाका कुकुरको टोकाइबाट १३ को मृत्यु

२०७१ कार्तिक १ गते १४:१३

जाजरकोट, १ कात्तिक– जाजरकोटको दुर्गम मजकोट गाविसमा बहुलाहा कुकुरको टोकाइबाट १३  जनाको मृत्यु भएको हो । कुकरले टोकेपछि रेबिज सुई लगाउनुको सट्टा धामीझाँक्रीको भर पर्दा उनीहरुको ज्यान गएको हो । कुकुरको टोकाइबाट मजकोट–६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, मजकोट–५ का...

राप्रपा नेपालका प्रचार विभाग सदस्यको ट्रिपरको ठक्करबाट मृत्यु

२०७१ कार्तिक १ गते १४:०८

काठमाण्डु, १ कात्तिक– राप्रपा नेपालका प्रचार विभाग सदस्य बासुदेव दाहालको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । बा २ ख ८७४७ नम्बरको ट्रिपरले बा २९ प ७७३५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ तिनकुनेमा ठक्कर दिँदा दाहालको घटनास्थलमै मृत्यु भएको हो । सोलुखुम्बु पञ्चन–१ का स्थायी बासिन्दा...

२२ दल बैठकमा किन यसरी कड्किए नारायणकाजी ?

२०७१ कार्तिक १ गते १३:५६

काठमाण्डु, १ कात्तिक– एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले पार्टी नेतृत्वको २२ दलीय मोर्चाले पहिचानसहितको संघीयतासँगै श्रमजिवीको हित र वर्गीय उत्पीडन अन्त्यको विषयलाई आन्दोलनको एजेण्डा नबनाएको भन्दै आपत्ति जनाएका छन् । शनिबार बसेको २२ दलीय मोर्चाको बैठकमा संघीय प्रान्तको नाम र प्रदेशको संख्यालाई...

जागिर लगाइदिने भन्दै रकम ठग्ने पक्राउ

२०७१ कार्तिक १ गते १३:०१

महोत्तरी, १ कात्तिक– जागिर लगाइदिने प्रलोभन देखाएर रकम ठगी गर्दै हिँड्ने युवकलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको छ । महोत्तरीको हत्तिसर्वा–२ का ५० वर्षीय सत्यनारायण यादव पक्राउ परेका हुन् । विभिन्न व्यक्तिसँग जागिरको प्रलोभन देखाएर रकम ठगी गर्दै आएको किटानी जाहेरीका आधारमा इलाका प्रहरी...

आन्दोलन जारी राख्ने प्रचण्ड मोर्चाको निर्णय

२०७१ कार्तिक १ गते १२:५१

काठमाण्डु, १ कात्तिक– एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले पूर्वघोषित आन्दोलन कार्यक्रम जारी राख्ने निर्णय गरेको छ । शनिबार बसेको मोर्चा बैठकले काँग्रेस–एमाले पहिचानसहितको संघीय संविधान बनाउने पक्षमा नरहेको निष्कर्षसहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठकले थप आन्दोलनका कार्यक्रमसमेत तय गरेको  सदभावना पार्टीका...

सैनिक ब्यारेकभित्रै गोली चल्यो, एकको मृत्यु

२०७१ कार्तिक १ गते ११:४९

सप्तरी, १ कात्तिक– सप्तरीको राजविराज–९ स्थित नेपाली सेनाको कृष्णदल गणका एक सैनिकले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । धरान– १३ का ३० वर्षीय अमलदार विकास राईले शुक्रबार राति ब्यारेकभित्रै गोली हानी आत्महत्या गरेका हुन् । प्रहरीले राति करिब १० बजेको समयमा आफैंले बोकेको...

प्रहरी जवानबाटै किशोरी बलात्कृत

२०७१ कार्तिक १ गते ११:४४

सुनसरी,  १ कात्तिक– सुनसरी हरिनगरकी एक किशोरी प्रहरीबाटै बलात्कृत भएकी छन् । सशस्त्र प्रहरी जवानले  बलात्कार गरेको भन्दै १८ वर्षीया लक्ष्मी मेहता (नाम परिवर्तन) ले प्रहरीमा उजुरी दिएकी छन् । आफूलाई सशस्त्र प्रहरी जवान जरवान मेहताले बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । मेहता...

एमालेको चिया खाँदै प्रधानमान्त्रीले भने, ‘नकारात्मक समाचार नलेख’

२०७१ कार्तिक १ गते ११:३२

काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबारे नेपाली मिडियाले नकारात्मक समाचार लेखेको भन्दै असन्तुष्टि जनाएका छन् । दसैं, तिहार र छठका अवसरमा एमालेले मुख्यालय बल्खुमा शनिबार गरेको चियापान कार्यक्रममा उनले नकारात्मक समाचार लेखेर संविधान निर्माणको वातावरण नबिगार्न आग्रह गरेका हुन् । ‘खाली नेगेटिभ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us