बहुलाका कुकुरको टोकाइबाट १३ को मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते १४:१३ मा प्रकाशित

जाजरकोट, १ कात्तिक– जाजरकोटको दुर्गम मजकोट गाविसमा बहुलाहा कुकुरको टोकाइबाट १३  जनाको मृत्यु भएको हो ।

dog biteकुकरले टोकेपछि रेबिज सुई लगाउनुको सट्टा धामीझाँक्रीको भर पर्दा उनीहरुको ज्यान गएको हो ।

कुकुरको टोकाइबाट मजकोट–६ का ५३ वर्षीय मयाराम उपाध्याय, ३५ वर्षीया कल्धरी शाही, मजकोट–५ का ४३ वर्षीया तुली खत्री, २३ वर्षीया दिला बस्नेत, ५४ वर्षीया कल्पना वरसहित १३ जनाको मृत्यु भएको हो ।

बहुलाहा कुकुरको टोकाइबाट मजकोट ५ र ६ मा मात्र ६० भन्दा बढी पशुचौपाया मरिसकेको स्थानीयले बताए । मानिस र पशु टोक्दै हिंड्ने बहुलाहा कुकुर नियन्त्रणमा नलिइएका कारण स्थानीय त्रसित छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us