एमालेको चिया खाँदै प्रधानमान्त्रीले भने, ‘नकारात्मक समाचार नलेख’

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणबारे नेपाली मिडियाले नकारात्मक समाचार लेखेको भन्दै असन्तुष्टि जनाएका छन् ।

Sushil-Koiralaदसैं, तिहार र छठका अवसरमा एमालेले मुख्यालय बल्खुमा शनिबार गरेको चियापान कार्यक्रममा उनले नकारात्मक समाचार लेखेर संविधान निर्माणको वातावरण नबिगार्न आग्रह गरेका हुन् । ‘खाली नेगेटिभ लेखेर वातावरण नबिगार्नुस्, उनले भने, ‘मिडियाले पनि पोजेटिभ समाचार लेख्नुपर्योन ।’

कोइरालाले ८ माघभित्रै सहमतीय संविधान जारी हुने दाबी गरे । उनले सहमति नभएका विषयको टुंगो प्रक्रियाबाट लाग्ने जनाए । संघीयता सम्बन्धमा विभिन्न मोडलमा छलफल भइरहेको भन्दै कोइरालाले सकेसम्म थोरै प्रदेश बनाउन उपयुक्त हुने बताए । मुलुकले धान्न नसक्ने भएकाले ५ देखि सात प्रदेश बनाउनुपर्ने उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us