तपाईं फेसबुक चलाउनु हुन्छ ? होसियार !

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते २:४१ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– याहु’ ‘म घरमा आज एक्लै छु। बुबा– ममी सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो ।’
sad-facebook-userकेही दिनअघि राजधानीको एक उच्च माविमा अध्ययनरत एक किशोरीले आफ्नो फेसबुक पृष्ठमा यस्तो ‘स्टाटस’ लेखिन् । ती किशोरीलाई ‘फलो’ गरिरहेका केही केटाहरू मौकाको फाइदा उठाउन सकिने देखेर तुरून्तै उनको घरतिर दौडिए । एक्लै रहेकी किशोरीलाई उनीहरूले सामूहिक बलात्कार गरे र सामानसमेत लुटेर टाप कसे ।
घटना दुई
कतिपय किशोर–किशोरीमा आफ्नो मिल्ने साथीलाई फेसबुक पासवर्ड आदानप्रदान गर्ने बानी छ । यही बानीका कारण राजधानीकै एक उच्च घरानाकी किशोरी नराम्ररी फसिन् । ति किशोरले गर्लफ्रेन्डको फोटो, नाम र उनको फोन नम्बर राखेर फेसबुक पेजमार्फत ‘सेक्स वर्कर’ बनाइदिए ।
घटना तीन
उपत्यकाकै एक नामी प्लसटुमा पढ्ने एक युवकले सूचना प्रविधिको दुरूपयोग गर्दै एक ग्राहकको बैंक एकाउन्ट ह्याक गरेर सबै रकम झिके । महानगरीय प्रहरी अपराध महाशाखा, साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपतिकुमार राय सूचना प्रविधिको दुरूपयोगले बढ्दो साइबर क्राइमका फेहरिस्त सुनाउँदै थिए, माइतिघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थीलाई एसेम्ब्ली समयमा ।
घटना विवरण सुनेर विद्यार्थीहरू जिब्रो टोकिरहेका थिए । फेसबुकलगायत सामाजिक सञ्जालमा जथाभावी स्टाटस लेख्ने, जिस्कने, नजिकका साथीलाई पासवर्ड आदानप्रदान गर्नेजस्ता आफ्नै प्रवृत्ति सम्झेर उनीहरू झसङ्ग भए, कसो फसिएन ।
सूचना प्रविधिको अत्यधिक प्रयोग गर्ने वर्ग टिनएजरमा साइबर क्राइमसम्बन्धी चेतना बाँड्न अहिले प्रहरीले अभियान नै चलाएको छ । अभियानको केन्द्रबिन्दु प्लस टु र कलेज अध्ययनरत विद्यार्थीहरुलाई बनाइएको थियो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us