राप्रपा नेपालका प्रचार विभाग सदस्यको ट्रिपरको ठक्करबाट मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते १४:०८ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– राप्रपा नेपालका प्रचार विभाग सदस्य बासुदेव दाहालको ट्रिपरको ठक्करबाट मृत्यु भएको छ ।
Basudev-Dahalबा २ ख ८७४७ नम्बरको ट्रिपरले बा २९ प ७७३५ नम्बरको मोटरसाइकललाई शनिबार साँझ तिनकुनेमा ठक्कर दिँदा दाहालको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बु पञ्चन–१ का स्थायी बासिन्दा दाहाल राजनीतिअघि पत्रकारितामा थिए । उनले रेडियो नेपालको घटना विचार कार्यक्रमसहित विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए ।

बानेश्वर प्रहरी प्रमुख नायव उपरीक्षक रमेश तामाङले ठक्कर दिने ट्रिपर र चालक चन्द्रबहादुर तामाङलाई नियन्त्रणमा लिइएको बताए । दाहालको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us