समाचार

अमरेश कुमार भन्छन् , ‘कार्तिक १५ गतेभित्रै सहमति हुन्छ ’

२०७१ कार्तिक २ गते ८:४९

काठमाण्डु, २ कात्तिक – काँग्रेस सभासद डा. अमरेशकुमार सिंहले दलहरुवीच विवादित विषयहरुमा आगामि कार्तिक १५ गतेभित्रमै सहमति हुने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले तिहार र छठको बीचमा दलहरुबीच छलफल गरेर समझदारी कायम गर्ने सहमति भइृसकेको दावी गर्दै...

जातीय आधारमा प्रदेश बनाए सशक्त आन्दोलन गर्ने चेतावनी

२०७१ कार्तिक २ गते ८:४१

काठमाण्डु, २ कात्तिक– क्षेत्री, ब्राह्मण, ठकुरी, दशनामी तथा दलितको संयुक्त संघर्ष समिति नेपाल नयाँ संविधानमा जातीय आधारमा प्रदेश बनाए सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । समितिले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल १२५ जातजाती तथा १२३ भाषाले मिलेर बनेको बहुजातीय, बहुसाँस्कृतिक र...

संसदबाट बजेट पारित

२०७१ कार्तिक २ गते ८:३२

काठमाण्डु, २ कात्तिक –  आर्थिक वर्ष ०७१र०७२को बजेट व्यवस्थापिका संसदले  पास गरेको छ। आइतबार बिहान ११ बजे बसेको बैठेकले असार २९ गते संसदसमक्ष प्रस्तुत भएको ६ खर्ब २० अर्बको बजेट पारित गरेको हो। यसअघिका संसद बैठकबाट विनियोजक विधेयक र आर्थिक विधेयकलाई समेत पारित गरिसकेकाले...

कृषि विकास बैंक सञ्चालक समितिले हटायो कार्यकारी अधिकृत बुढाथोकीलाई

२०७१ कार्तिक २ गते ७:४३

काठमाण्डु, २ कात्तिक – कृषि विकास बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुढाथोकीलाई पदबाट बर्खास्त गरेको छ । बैंकका सञ्चालक क्षेत्रबहादुर सैंजुवालको संयोजकत्वमा गठित कार्यसम्पादन मुल्यांकन प्रतिवेदनका आधारमा सञ्चालक समितिले बुढाथोकीलाई हटाएको हो । सञ्चालक समितिले बुढाथोकीलाई प्रष्टिकरण सोधेको थियो । प्रष्टिकरणको चित्त...

सहमतिका नाममा आलटाल गरे माघ ८ मा संविधान जारी गर्न कठिन : सिटौला

२०७१ कार्तिक २ गते ६:५३

काठमाण्डु, २ कात्तिक – संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले कात्तिक १५ अघि नै संविधानको अन्तरवस्तुमा सहमति र सहमति नभएका विषयमा प्रश्नावली बनाएर नबुझाउने हो भने माघ ८ मा संविधान जारी गर्न नसकिने बताएका छन् । मस्यौदा समितिले आइतवार विहान सिंहदरवारमा आयोजना गरेको पत्रकार...

संघीय समाजवादी नेता जुवाको खालबाट पक्राउ

२०७१ कार्तिक २ गते ६:३८

सुनसरी, २ कात्तिक – संघीय समाजवादी नेपालका केन्द्रीय सदस्य धरानस्थित एक रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । चौतारी रेष्टुरेन्ट एण्ड वार भित्रबाट तास खेलिरहेको अवस्थामा नेता भिम राईसहित ९ जना पक्राउ परेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरीको...

एमालेकाे चियापानमा नेताहरुका रमाइला सबालजवाफ

२०७१ कार्तिक २ गते ६:१६

पत्रकार : राष्ट्रिय सहमतिबाट संविधान बन्ने आधार के छ ? प्रचण्ड : यसको छोटो उत्तर यो शुभकामना आदानप्रदान, चियापान कार्यक्रम नै सहमतिको आधार हो । राजनीतिक कुरा गर्नुहुन्छ भने हामी १२ बुँदेदेखि विभिन्न सहमति र समझदारीको प्रक्रियाबाट आएका छौँ, ठुल्ठूला सम्झौता, समझदारी गरेका छौँ त्यही नै...

भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

२०७१ कार्तिक २ गते ६:१२

काठमाण्डु, २ कात्तिक – यस वर्षको भाइटीकाको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । समितिले कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको जनाएको हो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार...

अरिङ्गालको टोकाइबाट एकै परिवारका तीनकाे मृत्यु

२०७१ कार्तिक २ गते ६:०३

म्याग्दी, २ कात्तिक–    म्याग्दीको बेनी नगरपालिका वडा नं ९ काउले गौडामा अरिङ्गालको टोकाइबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ। शनिबार घर नजिकैको बनमा दाउरा लिन जाँदा अरिङ्गालको टोकाइवाट घाइते भएका काउलेगौडाका ५५ वर्षीय दलबहादुर पुरी , उनकी ४८ वर्षीया श्रीमती शिव पुरी र...

११ वर्षदेखि नाइलनको दाम्लोमा किशोरी

२०७१ कार्तिक २ गते ३:४०

ओखलढुंगा, २ कात्तिक– मानसिक सन्तुलन गुमाएकी ओखलढुंगा केत्तुके–३ की १८ वर्षीया एक किशोरीलाई ११ वर्षदेखि उनका परिवारले नाइलनको डोरीले बाँधेर राख्ने गरेका छन् । उनीसँगैका साथीहरु कक्षा कोठाभित्र पढ्छन् । तर, उनी आमासँगै विद्यालय आएपछि दैनिक कार्यालयको ढोका अगाडि नाइलनको डोरीले बाँधिन्छिन् । भीमसेनस्थान...

३३ लाख ३८ हजारलाई भिटामिन ‘ए’ खुवाइँदै

२०७१ कार्तिक २ गते ३:३६

काठमाण्डु, २ कात्तिक– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि देशभरका बालकालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाका निर्देशक श्यामराज उप्रेतीले जन्मदेखि पाँच वर्षसम्मका ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१...

अरिंगालको टोकाइबाट परिवारका तीनको मृत्यु

२०७१ कार्तिक २ गते ३:२४

बेनी, २ कात्तिक– म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडामा अरिङ्गालको टोकाइबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ । अरिंगाललले टोकेर काउलेगौँडाका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीषको मृत्यु भएको हो । घरनजिकैको जंगलमा घाँस काट्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us