३३ लाख ३८ हजारलाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ३:३६ मा प्रकाशित

vitamin-aकाठमाण्डु, २ कात्तिक– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि देशभरका बालकालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गतको बालस्वास्थ्य महाशाखाका निर्देशक श्यामराज उप्रेतीले जन्मदेखि पाँच वर्षसम्मका ३३ लाख ३८ हजार बालबालिकालाई भिटामिन ‘ए’ र

तीमध्ये एकवर्षदेखि पाँचवर्षसम्मका २९ लाख २१ हजार बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको बताए ।
मन्त्रालयले बिहानदेखि साँझसम्म सबै जिल्ला, नगरपालिका तथा गाउँ विकास समितिअन्तर्गतका प्रत्येक वडाका तोकिएका केन्द्रमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने व्यवस्था मिलाइएको जनाएको छ ।  त्यसका लागि देशभर ५३ हजार महिला स्वयंसेविका परिचालन हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us