सुनसरी, २ कात्तिक – संघीय समाजवादी नेपालका केन्द्रीय सदस्य धरानस्थित एक रेष्टुरेन्टबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।
चौतारी रेष्टुरेन्ट एण्ड वार भित्रबाट तास खेलिरहेको अवस्थामा नेता भिम राईसहित ९ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरीको टोलीले तासको खालबाट तीन बुक ताससहित ६२ हजार नगद बरामद गरेको प्रहरीले जनाएको छ । स्थानीयले दिएको सूचना तथा विशेष सुराकीको आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी संजयसिंह थापाले बताए ।
चाडवाडको बेला प्रतिवन्ध लगाइएको जुवाजन्य खेलहरु खेलेको अभियोगमा समातिएका सबैजनलाई जुवा ऐन अन्र्तगत मुद्धा दर्ता गरिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी थापाले बताए ।