भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ६:१२ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक – यस वर्षको भाइटीकाको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ ।

bhaitikaसमितिले कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको जनाएको हो ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यस वर्ष कार्तिक ४ गते मङ्गलबारदेखि सुरु हुँदैछ।

४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवर्द्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ।

यस्तै, कात्तिक ८ गते भाइटीका परेको छ। भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us