अरिंगालको टोकाइबाट परिवारका तीनको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ३:२४ मा प्रकाशित

aringalबेनी, २ कात्तिक– म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडामा अरिङ्गालको टोकाइबाट एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

अरिंगाललले टोकेर काउलेगौँडाका ५५ वर्षीय दल पुरी, उनकी श्रीमती ४५ वर्षीया शिवा पुरी र १२ वर्षीय छोरा आशीषको मृत्यु भएको हो । घरनजिकैको जंगलमा घाँस काट्न गएका उनीहरुलाई शनिबार दिउँसो अरिंगालले टोकेको थियो ।

तीनै जनाको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us