सैनिक ब्यारेकभित्रै गोली चल्यो, एकको मृत्यु

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ११:४९ मा प्रकाशित

सप्तरी, १ कात्तिक– सप्तरीको राजविराज–९ स्थित नेपाली सेनाको कृष्णदल गणका एक सैनिकले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् ।

धरान– १३ का ३० वर्षीय अमलदार विकास राईले शुक्रबार राति ब्यारेकभित्रै गोली हानी आत्महत्या गरेका हुन् । प्रहरीले राति करिब १० बजेको समयमा आफैंले बोकेको एसएलआरले गोली हानेर राइले आत्महत्या गरेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us