प्रहरी जवानबाटै किशोरी बलात्कृत

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ११:४४ मा प्रकाशित

सुनसरी,  १ कात्तिक– सुनसरी हरिनगरकी एक किशोरी प्रहरीबाटै बलात्कृत भएकी छन् ।
सशस्त्र प्रहरी जवानले  बलात्कार गरेको भन्दै १८ वर्षीया लक्ष्मी मेहता (नाम परिवर्तन) ले प्रहरीमा उजुरी दिएकी छन् । आफूलाई सशस्त्र प्रहरी जवान जरवान मेहताले बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । मेहता पकलीस्थित सशस्त्र प्रहरी तालिम केन्द्रमा तालिमरत छन् ।

किशोरीले शुक्रबार दिएको उजुरीमा दसैंको टिकाको भोलिल्ट आफू बलात्कृत भएको उल्लेख गरेकी छन् । बलात्कारपछि घटना बाहिर ल्याए परिवारसहित आफूलाई समेत मार्ने धम्की दिएकाले घटना बाहिर ल्याउन ढिलाइ भएको उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us