अमेरिका र अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ११:१२ मा प्रकाशित

काठमाण्डु, ३१ असोज – अमेरिका र अष्ट्रेलिया पठाइदिन्छु भन्दै प्रति व्यक्ति ५ लाखदेखि ४० लाखसम्म उठाएर ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

Shyam-raj-pandeyनुवाकोट मदानपुर- २ घर भई मनमैजु ५ बस्ने श्यामराज पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
पण्डे यसअघि ठगीको मुद्दाहरूमा धरौटीमा छुट्दै आएका छन् ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा काठमाण्डु जिल्ला अदालतले २०६२ पुस २१ मा गरेको १ बर्ष कैद सजाय भुक्तानका लागि उनलार्इ कारागार चलान गरिएको हो ।

तर, लाक्पा शेर्पाको बैदेशिक रोजगार ठगी मुद्दामा श्रम तथा वैदेशिक रोजगार विभागले पाण्डेलार्इ साठी लाख धरौटीमा छाडेको थियो ।

अष्ट्रेलियामा बिजनेस भिषा लगाई पठाउने भन्दै १३ लाख लिएको भन्दै थोमस राई र लालबहादुर जिसीले उजुरी दिएका थिए ।

तर, काठमाण्डु जिल्ला अदालतले २ लाख धरौटीमा छाडेको थियो । लेखनाथ बगालेको जाहेरी अनुसार ४५ लाख ठगी तथा बैकिङ कसुर मुद्दामा साधारण तारेखमा छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us