एमालेले १५ हजारलाई चिया खुवायो

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ३:४३ मा प्रकाशित

uml officeकाठमाण्डु, १ कात्तिक– एमालेले दसैँ, तिहार र छठ पर्वको अवसर पारेर शनिबार चियापान कार्यक्रम गरेको छ ।

मुख्यालय बल्खुमा मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म जारी चियापनमा प्रधानमन्त्रीसहित सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, कुटनीतिक नियोगका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी, व्यवसायी, सञ्चारकर्मी र सर्वसाधारण गरी करिब १५ हजार जना सहभागी भएको एमालेले जनाएको छ ।
तत्कालीन अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीले २० वर्षअघि २०५१ सालमा सुरु गरेको चियापानलाई एमालेले हरेक वर्ष निरन्तरता दिंदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us