कोइराला सरकारका मन्त्रीले सकाए जिल्ला भ्रमणका नाममा ६८ लाख

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते २:४० मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– प्रधानमन्त्रीसहित २३ मन्त्रीले जिल्ला भ्रमणमा राज्यकोषबाट ६८ लाख रुपैयाँ खर्च गरेका छन् ।
sinhadurbarप्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषद् गठन भएको पाँच महिनामा यो रकम खर्च भएको हो । मन्त्रीहरुले जिल्ला भ्रमणमा जाँदा हवाइटिकट, दैनिक भ्रमण भत्ता र होटलबासमा खर्च गरेका हुन् । तर श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जिल्ला भ्रमण खर्चका नाममा कुनै रकम नलिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७०/०७१ मा मन्त्रीहरुको जिल्ला भ्रमणमा ८६ करोड ९४ लाख २ सय ८८ रुपैयाँ राज्यकोषबाट खर्च भएको छ । कोइराला नेतृत्वको सरकार गठन भएको पाँच महिनामा ८६ लाख चार हजार ६ सय ३९ रुपैयाँ खर्च भएको हो ।

जिल्ला भ्रमणमा सबैभन्दा बढी खर्च तत्कालीन उद्योगमन्त्री कर्ण थापा र  सबैभन्दा कम कानुनमन्त्री नरहरि आचार्यले खर्च गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार थापाले सात लाख नौ हजार एक सय ५८ र आचार्यले १३ हजार ३ सय ६५ रुपैयाँ खर्च गरेका हुन् ।  प्रधानमन्त्री कोइरालाले जिल्ला भ्रमण गर्दा १ लाख ३० हजार पाँच सय ८० रुपैयाँ खर्च गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले ३ लाख ४५ हजार ३ सय ५ रुपैयाँ खर्च गरेका छन् । अर्का उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जिल्ला भ्रमणमा ५ लाख १० हजार ३ सय ७५ यसै गरी अर्थमन्त्री रामशरण महतले २ लाख ७७ हजार ६ सय ६,  विमलेन्द्र निधिले निधिले १ लाख ५२ हजार ४ सय ४५ रुपैयाँ वनमन्त्री महेश आचार्यले १ लाख ५२ हजार ९ सय ८० र शिक्षामन्त्री चित्रलेखा यादवले ३ लाख ९३ हजार ५ सय ४० रुपैयाँ जिल्ला भ्रमणका नाममा सकाएका छन् ।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले ५ लाख १७ हजार चार सय ९०, उर्जा मन्त्री राधा ज्ञवालीले ३ लाख ९४ हजार ३ सय ५०, सिंचाइमन्त्री एनपी साउदले ४ लाख २१ हाजर, सहरी विकासमन्त्री नारायण खड्काले १ लाख ६४ हजार, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ७५ हजार ८ सय ९५ वाणिज्य तथा आपूर्तिराज्यमन्त्री गिरीबहादुर केसीले ७५ हजार २ सय ८१ रुपैयाँ सकाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us