४३ किलो गाँजासहित दुई पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ३१ गते ४:५३ मा प्रकाशित

सिरहा, ३१ असोज– सिरहाको जमदहबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले जमदह– ३स्थित गागन नदीबाट उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा लालपुर–७ का बुद्ध यादव र उदयपुर रिस्कु–२ का नरबहादुर राई छन् ।

दुई बोरा गाँजा बोकेर भारततर्फ गइरहेक बेला उनीहरुलाई बिहीबार राति  गरिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । उनीहरुको साथबाट ४३ किलो ५ सय ग्राम गाँजा बरामद भएको प्रहरी निरीक्षक विदुर भट्टराईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us