काठमाण्डु, ३० असोज – मन्त्रिपरिषदका एकजना मन्त्री पनि संसदमा उपस्थित नभएपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । बिहिबार ११ बजे बोलाइएको बैठकमा २४ सदस्यीय मन्त्रिपरिषदका कोहि पनि उपस्थित थिएनन् । सभामुख सुवास नेम्वाङले बैठकको कारवाही शुरु गर्दा नेपाल सरकारका लागि छुट्याएको ‘रो’ मा...
चितवन, ३० असोज– पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको टिकौली जंंगल क्षेत्रमा गाडीको ठक्करबाट एउटा चितुवा मरेको छ । गाडीले हानेर मरेको अवस्थामा बिहीबार बिहान चितुवा फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ केजी तौलको चितुवालाई सडक पार गर्न खोज्दा गाडीले हानेको हुनसक्ने अनुमान...
काठमाण्डु, ३० असोज– एकीकृत माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा सहमति नभए प्रेन्च मोडलमा जानुपर्ने प्रस्ताव गरेको छ । संविधानका विवादित वषयमा सहमति खोज्न बिहीबार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फ्रेन्च मोडल प्रस्ताव गरेका हुन् ।...
झापा, ३० असोज– प्रधानमन्त्री सुशील कोइरालाले शान्ति खल्बलिने काम नगर्न आग्रह गरेका छन् । झापाको विर्तामोर्डमा बुधबार थारु कल्याणकारिणीसभाको महाधिवेशन उदघाटन गर्दै कोइरालाले शान्ति खलबलिने काम भए सरकार चुप लागेर नबस्ने बताए । उनको संकेत एमाओवादीसहित २२ दलीय मोर्चाले सुरु गरेको आन्दोलनप्रति थियो ।...
काठमाण्डु, ३० असोज– राष्ट्रिय मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष अनुपराज शर्माले राज्यले ऐन कानुन मिच्ने गरेका कारण मानवअधिकार उल्लंघनका घटना बढेको बताएका छन् । संसदीय सुनुवाई विशेष समिति बैठकमा बिहीबार उनले नेपाल प्रहरीको कार्यशैली गलत रहेको भन्दै सच्याउन जरुरी रहेको बताए । प्रहरीले पहिला मानिस...
काठमाण्डु, ३० असोज– इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पूरा गरी राजधानी फर्कन लागेका सुरक्षाकर्मीलाई ३ सातासम्म निगरानीमा राखिने भएको छ । बिहीबार एक सय ३१ सशस्त्र प्रहरी इबोला प्रभावित मुलुकबाट फर्कंदैछन् । इवोलाको संक्रमण देखिएयता हालसम्म रोग प्रभावित मुलुकबाट मात्र ५० जना...
काठमाण्डु, ३० असोज– धुलिखेलबाट साँझ गाडी लिएर काठण्डुतिर हुइँकिएँ। गाडीमा १६ जना यात्रु थिए । भक्तपुरको ६ लेन सडकसम्म आइपुग्दा गाडी राम्रैसँग कुदिरहेको थियो । बानेश्वर कटेपछि सडक अलि ओरालो र गाडी पनि कमै गुडेका थिए । सिमसिम पानी परेको थियो । गाडी कति...
धादिङ, ३० असोज– एकजना बाबुले जुम्ल्याहा छोरालाई घरभित्र थुनेर आगो लगाएका छन् । आगो लागेका नाति च्यापेर बालकका हजुरबाबु उपचार सहयोग माग्दै धादिङबेसी आइपुगेका छन् । धादिङको नलाङ गाविस–६ बैरेनी पहरेका बलबहादुर विश्वकर्माले जुम्ल्याहा छोरा राम र लक्ष्मणलाई घरभित्र थुनेर घरमा आगो लगाइदिएको बालकका...
काठमाण्डु, ३० असोज– छोरी बलात्कार गरेको अभियोगमा ललितपुर जिल्ला अदालतले बुधबार एक बाबुलाई २० वर्ष जेल सजायको फैसला सुनाएको छ । ती बालिकाकी आमाले पतिविरुद्ध गत वैशाखमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरी अनुसन्धानबाट उनले चार वर्षदेखि छोरीलाई जबरजस्ती गरेको खुलेपछि अदालतमा मुद्दा...
काठमाण्डु, ३० असोज–गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल फर्काउन उनकी बहिनी (काकाकी छोरी) सीताष्मा मंगलबार थाइल्यान्ड गएकी छन् । सीताष्मा पूर्वअधिकारकुमार धीरेन्द्रकी माइली छोरी हुन् । पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रबाट थप रकम लिएर गएको स्रोतले जनाएको छ । तीन दिनअघि...
काठमाण्डु, २९ असाेज – असोज ३१ र आगामी कात्तिक १ गते काठमाण्डुमा दोस्रो अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ। राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालसहित अमेरिका, स्विडेन, बङ्गलादेश, बेलायत, पाकिस्तान र भारतका गरी २१ विज्ञले सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ। क्यान्सर केयर नेपालको...
काठमाण्डु, २९ असोज – एमाले नेता रविन्द्र अधिकारीले सहमतिको लागि शिर्ष नेताहरुसँग थप समय माग्ने नैतिक अधिकार नभएको भन्दै नेताहरुले मागे पनि आफूहरुले अब संविधानसभाबाट सहमतिको नाममा समय नदिने चेतावनी दिए । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले शिर्ष नेताहरुले फेरि पनि...