मन्त्रीको कुर्सी रित्तो, संसद बैठक स्थगित

काठमाण्डु टुडे २०७१ असोज ३० गते ६:३६ मा प्रकाशित

काठमाण्डु, ३० असोज – मन्त्रिपरिषदका एकजना मन्त्री पनि संसदमा उपस्थित नभएपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ ।

caबिहिबार ११ बजे बोलाइएको बैठकमा २४ सदस्यीय मन्त्रिपरिषदका कोहि पनि उपस्थित थिएनन् । सभामुख सुवास नेम्वाङले बैठकको कारवाही शुरु गर्दा नेपाल सरकारका लागि छुट्याएको ‘रो’ मा एकजना पनि मन्त्री थिएनन् ।

सत्तारुढ नेपाली कांग्रेसकै सभासद रामहरी खतिवडाले संसदको कारवाही चल्दा एकजना पनि मन्त्री उपस्थित नभएको भन्दै सरकारको उपस्थिति बिना बैठकको कारवाही कसरी अघि बढ्छ भनि प्रश्न गरेका थिए ।

मन्त्रीका कुर्सी खाली देखिएपछि सभामुख नेम्वाङले आधा घण्टाका लागि संसदको कारवाही स्थगित गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us