लाइबेरिया मिसनबाट फर्कने प्रहरीलाई ६ महिना यौन सम्पर्क राख्न प्रतिबन्ध

काठमाण्डु टुडे २०७१ असोज ३० गते ४:५४ मा प्रकाशित

काठमाण्डु, ३० असोज– इवोला प्रभावित मुलुक लाइबेरियावाट ६ महिने मिसन पूरा गरी राजधानी फर्कन लागेका सुरक्षाकर्मीलाई ३ सातासम्म निगरानीमा राखिने भएको छ ।
बिहीबार एक सय ३१ सशस्त्र प्रहरी इबोला प्रभावित मुलुकबाट फर्कंदैछन् । इवोलाको संक्रमण देखिएयता हालसम्म रोग प्रभावित मुलुकबाट मात्र ५० जना आएका थिए भने यसै साता प्रभावित मुलुकवाट करिब पाँचसय यस्ता प्रहरीसमेत नेपाल फर्कने छन् ।

उनीहरुलाई  ककनीस्थित तालिमकेन्द्रमा तीन सातासम्म चिकित्सकीय निगरानीमा राखिने सशस्त्र प्रहरी बलले जनाएको छ । ईबोला संक्रमणको लक्षण दुईदेखि २१ दिन भित्रमा देखिन्छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता अत्तिरिक्त नायव महानिरीक्षक एआईजी सिंहबहादुर श्रेष्ठले लाईबेरियामा उक्त टोलीको नियमित स्वास्थ्य जाँच भएकाले ईबोला संक्रमणको खतरा नभएको बताए ।

तै पनि  सुरक्षा सर्तकताका लागि उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै ककनीस्थित तालिमकेन्द्रमा लगिने छ, उनले भने, उनीहरुमा संक्रमणको शंका नहटासम्म त्यहीं राखिने छ ।

सशस्त्र प्रहरी बल अस्पताल संतुगलका डा. रुपक महर्जनसहितको टोलीले रोग प्रभावित मुलुकबाट फर्किएकाहरुलाई निगरानी गर्नेछन् । उनीहरुका लागि छुट्टै भान्सा, भाडाँकुडा, बाथरुम र बस्ने व्यवस्था गरिएको छ ।
इबोलाग्रस्त मुलुकबाट फर्केका नेपालीलाई चिकित्सकहरुले दुई महिनासम्म यौनसम्पर्क नराख्न आग्रह गरेका छन् । लाइबेरियाबाट सशस्त्र प्रहरीको एक सय ३१ ज्नाको टोली बुधबार नेपाल फर्किएपछि उनीहरुको यस्तो सुझाव आएको हो । ‘इबोलाको इन्कुबेसन पिरियड दुईदेखि २१ दिन हो । रगत तथा र्योलका माध्यमबाट शरीरमा भाइरस छिरेको भए सोही अवधिमा लक्षण देखाउँछ ।

तर, शुक्रकिट यस्तो पदार्थ हो जसको भाइरस ५७ दिनसम्म विनालक्षण रहन सक्छ,’ स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका इबोला फोकल पर्सन डा वासुदेव पाण्डेले भने ।
इबोला संक्रमित व्यक्तिसँग यौनसम्पर्क राखे शुक्रकिटको माध्यमबाट भाइरस सर्ने र झन्डै दुई महिनासम्म विनालक्षण रहन सक्ने उनले बताए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us