पारस लिन हिमानी बैंकक जाने तयारीमा

काठमाण्डु टुडे २०७१ असोज ३० गते ४:२२ मा प्रकाशित

himaniकाठमाण्डु, ३० असोज–गाँजासहित पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई नेपाल फर्काउन उनकी बहिनी (काकाकी छोरी) सीताष्मा मंगलबार थाइल्यान्ड गएकी छन् ।

सीताष्मा पूर्वअधिकारकुमार धीरेन्द्रकी माइली छोरी हुन् । पारसलाई धरौटीमा रिहा गर्न सीताष्माले पूर्वराजा ज्ञानेन्द्रबाट थप रकम लिएर गएको स्रोतले जनाएको छ ।

तीन दिनअघि पारसका पूर्वसहयोगी राजेश पनि निर्मलनिवासबाट पैसा लिएर बैंकक गएका थिए । थाई अदालतले पारसलाई १२ दिन थुनामा राख्न आदेश दिएको छ । थाइल्यान्डमा रहेका नेपालीका सहयोगमा सीताष्माले उनलाई धरौटीमा रिहा गराउने प्रयास गर्नेछिन् ।
यसैबीच, सीताष्माले पारसलाई तिहारमा उतै टिका लगाइदिने र पारस आउने भए लिन हिमानीसमेत बैंकक जाने बताइएको छ । नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us