नेताहरुसँग सहमतिको नाममा समय माग्ने नैतिक अधिकार छैन : अधिकारी

काठमाण्डु टुडे २०७१ असोज २९ गते ११:४३ मा प्रकाशित

काठमाण्डु, २९ असोज – एमाले नेता रविन्द्र अधिकारीले सहमतिको लागि शिर्ष नेताहरुसँग थप समय माग्ने नैतिक अधिकार नभएको भन्दै नेताहरुले मागे पनि आफूहरुले अब संविधानसभाबाट सहमतिको नाममा समय नदिने चेतावनी दिए ।

netaरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले शिर्ष नेताहरुले फेरि पनि सहमतिको नाममा संविधानसभामा रहेका ६०१ सभादसहरुलाई दोषी बनाउने षडयन्त्र भईरहेको भन्दै सहमतिको नाममा संविधानसभालाई बदनाम नबनाउन चेतावनी दिए । अधिकारीले भने–दोष शिर्ष नेताहरुले लिनु पर्छ ।

बिहीबारसम्म सहमति हुन नसके प्रक्रियामा जानु पर्ने भन्दै अब प्रश्नावली प्रकृयालाई तत्काल अघि बढाउनु पर्नेमा जोड दिए ।

अधिकारीले दलहरुवीच धेरै विवाद नभएको भन्दै कम प्रदेश बनाउनेमा दलहरु सहमतिमै रहेको र शासकीय स्वरुपमा पनि कसैको खासै अडान नरहेकोले सहमतिको सम्भावना रहेको बताए ।

नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईले अहिलेकै तालमा अघि बढ्ने हो भने दलहरुले भने जस्तो आगामी माघ ८ गते संविधान त के संविधानको मस्यौदा पनि नआउने ठोकुवा गरेका छन ।

उनले जुन विषयमा सहमतिको हलो अडकिएको हो त्यहाँ सहमति नजुट्ने हो भने संविधानसभामा मतदान गरेर टुङग्याउनु पर्नेमा जोड दिए ।
साक्षात्कारमा भट्टराईले संघीयताको विषयमा रहेको विवादलाई तत्कालै स्थानीय निकायको निर्वाचन गरेर सोही निर्वाचनमार्फत जनताको धारणा बुझ्न समेत सकिने बताए ।

उनले संघीयता र शासकीय स्वरुपमा जिम्मेवारी र आवश्यकता बोध गरेर सहमति गरे सहमति हुने दावी समेत भट्टराईले गरे ।

एकीकृत माओवादीका नेता शक्ति बस्नेतले बृहद शान्ति सम्झौता, १२ बुँदे सम्झौता र विभिन्न समयमा भएका आन्दोलनको जगमा अन्तरिम संविधान बनेकोले अहिले पनि यीनै विषयहरुलाई केन्द्रमा राखेर संविधान बनाउनु पर्नेमा जोड दिदै सहमति गर्नु पर्ने बेलामा कसैले पनि बटमलाईन तोक्न नहुने बताए ।

उनले संघीयताको संख्याको विषयमा आफूहरु लचक रहेको भन्दै ७ देखि १० सम्म प्रदेश बनाउन सकिने बताए । बस्नेतले भने–‘‘सहमतीका लागि हाम्रो पार्टी हदैसम्म लचिलो हुन तयार छ, कसैले पनि आफ्नो बटमलाईन लिनुहुँदैन । बटमलाईनले सहमती होईन सहमतीको दूरी बढाउँछ ।’’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us