मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष भन्छन्, ‘प्रहरीको कार्यशैली गलत छ’

काठमाण्डु टुडे २०७१ असोज ३० गते ५:२२ मा प्रकाशित

काठमाण्डु, ३० असोज– राष्ट्रिय मानवअधिकार आयोगका प्रस्तावित अध्यक्ष अनुपराज शर्माले राज्यले ऐन कानुन मिच्ने गरेका कारण मानवअधिकार उल्लंघनका घटना anuprajबढेको बताएका छन् ।
संसदीय सुनुवाई विशेष समिति बैठकमा बिहीबार उनले नेपाल प्रहरीको कार्यशैली गलत रहेको भन्दै सच्याउन जरुरी रहेको बताए । प्रहरीले पहिला मानिस थुन्ने र त्यसपछि मात्र कुरा सुन्ने गरेको भन्दै आफू आयोग अध्यक्षमा नियुक्त भए त्यस्तो प्रवृत्ति कडाइका साथ नियन्त्रण गर्ने बताए ।

‘प्रहरीले पहिला थुन्ने अनि सुन्ने गरेको छ’, शर्माले भने, अब पहिला सुन्ने अनि पछि थुन्ने गर्नुपर्छ ।’ प्रहरीको गलत कार्यशैलीको मारमा निर्दोष सर्वसाधारण पर्ने गरेको चर्चा गर्दै शर्माले प्रहरीलाई अभिमुखीकरण तालिम दिइनुपर्ने बताए ।

शर्माले जातीय तथा लैंगिक हिंसाविरुद्ध लड्ने प्रतिबद्धता जनाए । आफू आयोग अध्यक्ष भए आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार संरक्षणमा प्राथमिकता दिने प्रतिबद्धता उनको थियो । शर्माले आयोगको काम प्रभावकारी बनाउन दुर्गम जिल्लाहरुमा पनि शाखा कार्यालय स्थापना गर्ने योजना सुनाए ।
पूर्वप्रधानन्यायाधीश समेत हरेका शर्माविरुद्ध साझा पसल सेवा सहकारी संस्था लिमिटेडको मुद्दामा त्रुटिपूर्ण फैसला गरेको र मानवअधिकार संरक्षणका पक्षमा निरुपण नगरेको आरोपसहित दुईवटा उजुरी परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us